जोशीलाई कामु प्रधानन्यायाधीश

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, चैत्र १, २०७४

काठमाडौं– सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्नु भएको छ । गोपाल पराजुली पदमुक्त भएपछि आज बिहिबारदेखि दीपकराज जोशी कायममुकायम प्रधानन्यायाधीश बन्नु भएको हो ।
कामु प्रधानन्यायाधीश जोशीले आज इजलास समेत तोकिसक्नु भएको छ । न्यायपरिषद्ले हिजो बुधवार प्रधानन्यायाधीश गोपाल पराजुली २१ साउनमा उमेर हदका कारण अवकाश पाइसकेको जनाएको थियो ।