नयाँ वर्षदेखि काठमाडौं–सुर्खेत उडान

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४

काठमाडौं– नयाँ वर्ष अर्थात २०७५ साल वैशाख १ गतेदेखि काठमाडौं–सुर्खेत नियमित उडान हुने भएको छ । ‘कर्णाली प्रदेश’ सरकारको पहलमा काठमाडौं–सुर्खेत उडान शुरु हुन लागेको हो ।
काठमाडौंबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल एयरलाइन्स र बुद्ध एयरले उडान गर्ने तयारी गरेका छन् । काठमाडौं–सुर्खेतका लागि नागरिक उड्डयन प्राधिकरणले एकतर्फी भाडा ११ हजार ४१९ रुपैयाँ तोकेको छ ।
यसअघि बुद्ध एयरले २०६९ सालमा करीब छ महीना काठमाडौं–सुर्खेत उडान गरेपनि यात्रु अभावको कारण उडान बन्द गरेको थियो ।