अष्ट्रेलियाका सबै प्रमुख शहरहरुमा नेपाल फेस्टिभल हुदै  

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र १४, २०७४

सन् २००६ देखि गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा प्रत्येक २/२ बर्षमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभल यस पटक पनि २०१८ र २०१९ का महिनाहरुमा अस्ट्रेलियाका प्रमुख शहरहरु मा गर्नका लागि एनआरएनए अष्ट्रेलिया पुर्ब तयारीमा जुटेको छ । एनआरएनए अष्ट्रेलियाका प्रबक्ता डिला खरेलले एक प्रेस बिज्ञप्ति जारि गरि यसको अधिकारिक जानकारी गराएका छन्।

बिज्ञप्तिका अनुसार राष्ट्रिय महत्वको यस कार्यक्रमलाई बिशेष महत्व दिदै  एनआरएनए अष्ट्रेलियाले नेपाल फेस्टिभलको अधिकारिक लोगो र स्लोग्न पनि सार्बजनिक गरेको छ।  जस अनुसार नेपाल फेस्टिभलको  स्लोगन  “One Country –  Many Stories / एक देश – धेरैकथाहरु” भन्ने रहेको छ भने लोगो चित्रमा देखाए जस्तै हुनेछ।

नेपाल फेस्टिभलको सुरुवात मार्च ३१ मा पार्थबाट शुरु हुदैछ भने, बर्ष २०१८ मै  डार्विन, सिड्नी, मेल्वर्न, व्रिस्वेनमा सपन्न हुनेछन्।  त्यसै गरि २०१९ मा क्यानवेरा र एडिलेडमा पुगेर यस बर्षको नेपाल फेस्टिभलको समापन हुनेछ।

नेपाल फेस्टिभलका उदेश्यहरुलाई  निम्न अनुसार बुदाँगत रुपमा प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।  

१. प्रवासमा नेपाल र नेपाली कला, संस्कृति, भाषा, रितिरिवाज, खाना आदिको पर्दर्शन गर्नु ।

२. विदेशमा रहेका नागरिकहरु लाई नेपाल संसार कै एक लोकप्रिय पर्यटकीय स्थल भएको जानकारी दिई उनिहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्नु।

३. नेपाल भर्खरै विकाशको गतिमा तिव्रता दिएको एकसुन्दर, शान्त र लगानी मैत्री देश भएको जानकारी गराई विदेशी लगानी नेपाल भित्र्याउन सहयोग गर्नु।

४.अस्ट्रेलिया र नेपाल विच दुइ देशीय सम्वन्ध प्रगाढ र विस्तार गर्न सहयोग पुर्याउनु।

५.अस्ट्रेलियामा रहेको वहुसांस्कृतिक समाज तथा अन्तर देशीय,अस्ट्रेलियामा रहेका फरक फरक देशका प्रवासीहरु संग नेपाल र नेपालीको परिचय र सम्बन्ध स्थापना र विस्तार गर्न सहयोग पुर्याउनु।

६. नेपाली समुदायका विभिन्न संघ संस्था संग सहकर्य गरि विविधतामा रहेको नेपाली एकता र भाइचारालाई प्रगाढ वनाउनु।

७.नेपालीका लागि नेपाली र एक पटकको नेपाली संधैको नेपाली भन्ने अभियानलाई सघाउ पुर्याउनु।