नयाँ वर्षको पहिलो दिन राराबाट सम्बोधन

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०७४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते मुगुको रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ ।
कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारा जाने र त्यहीबाट प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नु हुने भएकमो हो ।
प्रधानमन्त्री ओलीले नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको उद्घाटन गर्दै उक्त कुराको जानकारी गराउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक आफ्रं हुने बताउनु भयो । उहाँको भनाइ थियो–‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।’
समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनु भयो ।