खेलकुदमय सिड्नी 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र १६, २०७४

हिजो ३० मार्च साँझ उद्घाटन आज बिहानैबाट खेलहरु सुरु

बहुप्रतिक्षित ओसियाना नेपाली स्पोर्ट्स मीट २०१८ को बिधिबत उद्घाटन भएको छ ।  ३० मार्च साँझ सिड्नीको एस्फिल्डमा ठुलो संख्यामा बिभिन्न स्टेट र असियानाका देशहरु बाट उपस्थित खेलाडी र खेलप्रेमीहरु लाई न्यानो स्वागत गर्दै खेलको यो कुम्भ मेलाको उद्घाटन भएको  थियो । उद्घाटन समारोहमा उपस्थित सबैलाई  एनआरसीका अध्क्षय बिष्णु हमालले स्वागत गरेका थिए भने, संयोजक जविन श्रेष्ठले ३ दिने यो स्पोर्ट्स  मिटका बारेमा प्रकाश परेका थिए ।
यसै गरि करिब ८० खेलाडी सहित सहभागी भिक्टोरियाका तर्फ बाट जोग लिम्बु, ७० खेलाडी सहित सहभागी  कुविन्सल्याण्डको तर्फबाट हरि खड्का, ७० सहित सहभागी सहित सहभागी एसिटिको तर्फ डा दुर्गा दत्त कडेल लगयतले आफुहरुले सिड्नीमा पाएको अतिथ्यता र एनआरसीले गरेको तयारीको खुलेर प्रसंसा गरेका थिए । कार्यकममा अतिथिको रुपमा उपस्थित एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले एनआरसीको यो खेलको कुम्भ मेलाको आयोजनाका लागि धेरै धेरै बधाई दिदै सहभागी सबैलाई खेलमा बिजयीको लागि शुभकामना दिएका थिए ।  खड्काले  प्रतियोगिताहरु हार जित भन्दा पनि स्वस्थ जीबन र आपसी भाइचाराको लागि भएकोले सबै बिजयी भइ सकेको बताए । त्यसैगरी प्रतियोगिताहरु स्वस्थ बाताबरणमा संचालन गर्न डा प्रबिण पाठकको सम्योजकत्वमा प्राथमिक उपचार समिति र स्वयमसेवक ब्यबस्थापनका लागि रमेश पाण्डेको सम्योजकत्वमा स्वयमसेवक ब्यबस्थापन समिति समेत रहेको जानकारी गराईएको थियो।
अस्ट्रेलियाको नेपाली समुदायमा खेलको माध्यमले सबैलाई जोड्दै आइरहेको नेपलीज रिक्रियसन क्लब (एनआरसी) ले बिगतमा संचालन गर्दै आइरहेको अस्ट्रेलिया ब्यापी खेल प्रतियोगिताहरु लाई अझ फराकिलो पार्दै यस पटक देखि ओसियाना भरि कै देशहरु मा रहेका खेल प्रेमीहरु बीचको यो प्रतियोगिता आयोजना भएको हो । खेलहरु मार्च ३१, अप्रिल १ र अप्रिल २ गरि तिन दिन सम्म सिड्नीका भिन्न भिन्न ठाउँमा हुनेछन् र अप्रिल २ का साँझ पुरुष्कार वितरण एवम समापन समारोह हुनेछ ।

कुन खेल काँहा र कति बेला भएका छन् भन्ने जानकारीका लागि माथिको पोस्टर हेर्न अनुरोध गरिन्छ।

प्रतियोगिताका क्रममा थप जानकारी चाहिएमा  जविन श्रेष्ठ-  0422 389 215 र बिष्णु हमाल- 0412 550 725 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।