प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र २३, २०७४

काठमाडौं– तीन दिने भारत भ्रमणका क्रममा आज विहान नयाँ दिल्ली पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले विमानस्थलमा स्वागत गर्नु भएको छ ।
सिंह भारतीय मन्त्रिपरिषद्‌मा दोस्रो वरियताका सदस्य हुनु हुन्छ । विमानस्थलमा भारतका अर्थ राज्यमन्त्री शिवप्रताप शुक्ला लगायतका अधिकारीहरु समेत पुगेका थिए ।
विमानस्थलको अतिविशिष्ट कक्षमा केही बेरको भलाकुसारीपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति भवन पुग्नु भएको छ ।
राष्ट्रपति भवनमा केही बेरको विश्रामपछि उहा“ले भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले भारतीय उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन समेत गर्नु हुनेछ ।