रारा –कर्णाली पर्यटन वर्ष–२०७५ को उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा ताल पुग्नु भएको छ । कर्णाली प्रदेश सरकारको आयोजनमा शुरु हुन लागेको पर्यटन वर्षको भोलि वैशाख १ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी एमाले नेता सुवास नेम्बाङ पनि रारा पुग्नु भएको छ । त्यस्तै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत प्रदेश सरकारका अन्य मन्त्री समेत रारा पुग्नु भएको छ । पर्यटन वर्षको उद्घाटनपछि प्रधानमन्त्री ओलीले राराबाटै देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

दीपम मनाङे पक्राउ

/शुक्र, बैशाख ७, २०७५