काठमाडौंको एयरपोर्टमै मालिन्दो एयरलाइन्सको विमान दुर्घटना

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, बैशाख ७, २०७५

काठमाडौं– हिजो बिहिबार राती करिव १० बजे १ सय ३९ जना यात्रु रहेको मालिन्दो एयरलाइन्सको विमान दुर्घटनापछि काठमाडौंबाट हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान अबरुद्ध भएका छन् ।
काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेर १ सय ५० फिट पर पुगेको थियो । राति देखिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको छ ।
उक्त दुर्घटना लगत्तै करिव १८ वटा उडान रद्द भएका छन् भने उडान भरीसेकका विमान विदेशका पायक पर्ने बिमानस्थलमा डाइभर्ट गरिएको छ ।
राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन । उनका अनुसार उक्त जहाज त्यहाँबाट नहटाएसम्म अन्तर्राष्ट्रिय कुनै पनि उडान हुन सक्ने अवस्था छैन ।
राति पौने १० बजेदेखि नै अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । चालक दलका सदस्यसहित १३९ जना यात्रु रहेको विमानका सबै यात्रु सकुशल रहेको बताइएको छ ।