मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०७५

जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दन भएको छ । जनकपुर उपमहानगरपालिकाले मोदीलाई नागरिक अभिनन्दन गरेको हो । जानकी मन्दिरमा विशेष पूजा गरेपछि रंगभूमि पुगेका भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गरिएको हो ।
कार्यक्रममा भारतीय प्रधानमन्त्रीसँगै नेपालका रक्षा मन्त्री ईश्वर पोखरेल पनि सहभागी भएका छन् । यस्तै सांसद राजेन्द्र महतो पनि नागरिक अभिनन्दन समारोहमा सहभागी छन् । नेपालको दुर्इ दिने भ्रमणमा आएका मोदीलार्इ जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरिरहेको छ ।