स्वदेश फर्किए भारतीय प्रधानमन्त्री मोदी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, बैशाख २९, २०७५

काठमाडौं–प्रधानमन्त्रीका रुपमा तेस्रो पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।
जनकपुर हुँदै नेपाल आएका मोदीले नै यो भ्रमणलाई धार्मिक भ्रमण भनेका छन् । जनकपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नभई प्रधान तीर्थयात्रीका रुपमा आफू नेपाल आएको बताएका थिए । मोदीले जनकपुर मन्दिर, मुक्तिनाथ र पशुपतीमन्दिरको दर्शन र पूजा गरेर फर्किएका हुन् ।
दुई वर्षअघिको नाकाबन्दीका कारण यसपटक नेपाल आउँदा जनताको नजरमा अलोकप्रिय बनेका उनलाई सरकारले दुई ठाउँमा नागरिक अभिनन्दन गर्यो ।
नेपालमा करिब ३० घन्टा बिताएका उनले विभिन्न दलका नेतादेखि राष्ट्रपतिसम्मलाई भेट्न भ्याएका छन् ।