सिद्धबाबामा एकतर्फी बाटो खुल्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ ४, २०७५

बुटवल– सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पाको सिद्धबाबा नजिकै गएराति पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले भरखरै एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(पाल्पाखण्डको हेडबक्स भन्ने स्थानमा बिहीबार राति करिव १२ बजे पहिरो गएको थियो । पहिरोका कारण रातिदेखि नै अवरुद्ध भएको सडक बिहानदेखि डोजरले पहिरो हटाएपछि एकतर्फीरुपमा सञ्चालनमा आएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।
पहिरो खसेको ठाउँ पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स भन्ने ठाउँमा गत आइतबार पनि पहिरो खसेर दुई दिन सडक अवरुद्ध भएको थियो ।
पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने अधिकांश सवारी साधन रातिदेखिनै बाटोमै रोकिएका थिए ।