मोरङ प्रहरीको हिरासतमा गोरे

काठमाडौं– साढे ३३ किलो सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई हिजो मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ। अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर लगिएको हो ।
उप्रेतीलाई ल्याइएको विमान मंगलबार दिउँसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो ।
यसैबीच साढे ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरे पक्राउ परेकै दिन मोरङ प्रहरी हिरासतमा रहेका ३० मध्ये २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुकी ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला अदालत मोरङको थुनछेक बहसपछि प्रतिवादी बनाइएका पूर्वडीआईजी, बहालवाला एसएसपीदेखि सुन व्यापारीसम्मलाई जेल चलान गरिएको हो । जेल चलान हुनेहरूमा पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल छन् । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, दरोमा खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, सम्बिरप्रसाद तोलाड्डे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलगायतलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको मोरङ जिल्ला अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिएका छन् ।
त्यसअघि गोरेलाई विशेष सुराकीको आधारमा साढे ३३ किलो सुन काण्डको छानबिन गर्न गठित छानबिन समितिले काठमाडौं गौरीघाटबाट गोरेलाई पक्राउ गरेको थियो । मंगलबार बिहान काठमाडौँ महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको गोरेलाई छानबिन समितिले पक्राउ गर्न सफल भएको थियो ।
तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले बाहिर आएजस्तो आफू ठूलो सुन तस्कर नभएको छानबिन समितिलाई बयान दिएको बताइएको छ । छानबिन समितिका एक सदस्यका अनुसार गोरेले बयानमा आफूले तस्करीको सुन व्यवस्थापन गर्ने मात्र काम गर्ने गरेका छन् । गोरेको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो– ‘मभन्दा माथि काम गर्ने अरू पनि छन् ।’ गोरेले एकैदिनमा ८६ किलोसम्म सुन विमानस्थलबाट बाहिर ल्याएको समितिलाई जानकारी गराएका छन् । एकै दिनमा ८६ किलोसम्म सुन ल्याएको खुलासा पनि बयानको क्रममा गोरेले गरेको बताइएको छ । गोरेले नाम दिएका व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउने गृहकार्य समितिले गरेको छ ।

काठमाडौं- विश्वका घुम्नलायक उत्कृष्ट १० शहरको सूचीमा पुनः काठमाडौं परेको छ ।...

काठमाडौँ- कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ ।...

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

काठमाडौँ- भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । भारतको...

काठमाडौँ- सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी,...

काठमाडौं- विश्वका घुम्नलायक उत्कृष्ट १० शहरको सूचीमा पुनः काठमाडौं परेको छ ।...

काठमाडौँ- कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ ।...

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

गायिका एन्जेला श्रेष्ठ र किरण भण्डारीको नयाँ गीत हाल युटुब मार्फत रिलीज...

काठमाडौँ- भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । भारतको...