सञ्चालनको तयारीमा कलंकी अण्डरपास

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, जेष्ठ १०, २०७५

काठमाडौं– काठमाडौंको कलंकी चोकमा निर्माण भइरहेको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने निश्चित भएको छ ।
चीनको अनुदान सहयोगमा कलंकी–कोटेश्वर चक्रपथ विस्तार अन्तर्गत निर्माण भइरहेको ८ सय मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर भागको ‘फिनिसिङ’ सम्पन्न भइसकेको छ । असार दोस्रो सातासम्म कलंकी–बाफल भागको बाँकी ४०० मिटरको काम सकेर हस्तान्तरण गरिने आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिएका छन् । ।
यसबीच, कलंकी–कोटेश्वर १० दशमलव ४ किलोमीटर सडक विस्तार पनि अन्तिम चरणमा पुगेको छ । त्यस अन्तर्गत ९ किमिको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।