राजधानी मै बर्डफ्लू !

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११, २०७५

काठमाडौं– राजधानी काठमाडौंमै बर्डफ्लुको संक्रमण देखिएको छ । राजधानीको पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फर्मममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ ।
बिभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बर्डफ्लु देखिएपछि राजधानीमा सर्तकता अफ्नाइएको छ । राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।
शुक्रबारबाट राजधानीका सबै पोल्टीर्फममा र्‍यापिड रेस्पोन्स टिम बनाएर पठाउने तयारी गरेको कृषि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले पशुसेवा बिभागलाई तयाी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।