दुर्घटनामा परि निधन हुनेको संख्या १४ पुग्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, जेष्ठ १९, २०७५

बुटवल– हिजो शुक्रवार भएको बस दुर्घटनामा परि हालसम्म १४ जनाको मृत्य भएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा परी तानसेनका एकै परिवारका दुई दाजुभाई समेत १४ जनाको मृत्यु भएसंगै तानसेन बजारका बासिन्दा शोकमा डुबेका छन् ।
तानसेन बजार क्षेत्रका प्रायस् सबै बासिन्दा घटनास्थल हुमिन पुगेका थिए । प्रतिष्ठित व्यापारी, व्यवसायी, नागरिक समाजका अगुवा साथै सहकारी अभियान्तको निधनले सबैलाई शोकाकुल बनाएको हो । उवासंघका पूर्वअध्यक्ष मधुदयाल सैंजुले तानसेनका प्रत्येक टोल र घरलाई शोकमा डुबाउने घटना भएको बताए । उनले सबैले धैर्य गर्नु सिवाए अरु कुनै उपाय नभएको बताएका छन् ।
तानसेनका विभिन्न टोलका पसल, व्यापार स्वस् स्फूर्त बन्द भएको छ । तानसेन बजारसमेत सुुनसान जस्तै बनेको छ । प्राध्यापक राजेश्वर उदय, उवासंघका पूर्वअध्यक्ष राजु महर्जन लगायतले समेत तानसेनका बासिन्दालाई शोकसन्तप्त बनाउने घटना घटेको बताए ।
तानसेनको बर्तुङ, बसपार्क, भिमसेनटोल, मखनटोल, विशालबजार, टक्सार, भगवतीटोल, बसन्तपुर, कैलाशनगर लगायतका टोलका व्यक्तिको निधन भएको छ ।
डिभिजन सहकारी प्रमुख कृष्णबहादुर बोहोराका साथै लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुमान बज्राचार्य लगायत १३ जनाको निधनले तानसेन बजार शोकमा डुबेको हो ।
यसैच् िपाल्पाको रम्भा–४ हुमिनमा भएको बस दुर्घटनाका नौ मध्ये तीन घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठामाडौं पठाइएको छ । बाँकी पाँच जनाको तानसेनका अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरु तानसेन नगरपालिका, ३ का सान्तम बज्राचार्य, तानसेन, ३ कै प्रविण बज्राचार्य र चालक तानसेन, ६ अर्जुन थापालाई काठमाडौ थप उपचारका लागि लगिएको हो । उनीहरुलाई गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट लगिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताउनुभयो । घाइतेहरु तानसेन, २ का प्रफुल्ल शर्मा, तानसेन, ६ का विमल रन्जन, तानसेन, ३ का उत्तम कुमार बज्राचार्य, तानसेन, २ का ओम मलेगो, मिना खाम्चा र तानसेन, ६ की पुर्णमाया महर्जनको मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।