राष्ट्र बैंकको आर्थिक सम्बृद्धिको दावी

काठमाडौं– नेपाल राष्ट्र बैंकले सरकारको आर्थिक सम्बृद्धिको बाटोमा मुलुक अघि बढेको कुरामा सकारात्मक संकेत देखिएको दावी गरेको छ । राष्ट्र बैंकले देश उच्च आर्थिक बृद्धिदरको बाटोमा हिडेको निष्कर्ष निकाल्दै १० महिनाको आर्थिक स्थितीको तथ्यांकले देश उच्च आर्थिक बृद्धिदरको बाटोमा हिडेको जनाएको हो ।
केन्द्रीय तथ्याङ्क विभागले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७४र७५ को कुल गार्हस्थ्य उत्पादनको अनुमानलाई हेर्दा देशको समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षको शुरु मै आएको अविरल वर्षा तथा डुवानले कृषि क्षेत्रको वृद्धिदरमा केही संकुचन आएतापनि कुल गार्हस्थ्य उत्पादनमा करिव ६ प्रतिशतको फराकिलो वृद्धि रहने अनुमान गरिएको छ ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७४र७५ को पहिलो छ महिनाको प्रतिवेदनको आधारमा पनि औद्योगिक क्षेत्रको क्षमता उपयोग गत वर्षको सोही अवधिको ५४ दशमलव २ प्रतिशतको तुलनामा बढेर ५८ प्रतिशत पुगेको उल्लेख छ । त्यसैगरी, निर्माण, खानी तथा उत्खनन्का साथै पर्यटन क्षेत्रमा भएको वृद्धिले समेत उल्लिखित आर्थिक वृद्धिमा योगदान दिएको देखिन्छ ।
नेपाल सरकारले हालै सार्वजनिक गरेको वार्षिक बजेटमा आर्थिक वर्ष २०७५र७६ मा ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने लक्ष्य रहेको छ । यी तथ्यहरुबाट मुलुकले उच्च आर्थिक वृद्धिको बाटो समातेको संकेत मिल्ने राष्ट्र बैंकको भनाई छ ।
वित्तीय क्षेत्रतर्फ, वार्षिक विन्दुगत आधारमा दश महिनासम्ममा कर्जा प्रवाहको वृद्धिदर १९ दशमलव ६ प्रतिशतले निरन्तर रुपमा निक्षेप परिचालनको वृद्धिदर १६ प्रतिशतलाई उछिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

ठुलो संख्यामा सेफलाई आफ्नो पेशा बनाउदै यस क्षेत्रमा धेरै नाम, इज्जत र...

सिड्नीको एक एजकियरमा एक बृद्द माथि हातपात गरेको आरोपमा बिभिन्न चरणको सुनुवाई...

काठमाडौं – वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँदा दुई जनाको...

पोखरा, १० फागुन – सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि...

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले...