ट्रम्प र उनबीच वार्ता सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २९, २०७५

सिंगापुर– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीचको बहुप्रतीक्षित शिखर वार्ता सिंगापुरमा सम्पन्न भएको छ । दुई नेताहरू कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन् ।
एक्लाएक्लै वार्तामा बस्नुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ट्रम्पले किमसँग एकदम राम्रो सम्बन्धु हुने अपेक्षा गरेका थिए । मलाई एकदम राम्रो लागिरहेको छ, ट्रम्पको भनाइ छ–हामी राम्रो कुराकानी गर्न गइरहेका छौँ र त्यो एकदम सफल हुनेछ।’
एकसाथ बसेका दुई नेताहरूले प्रतिकूलताका बावजुद सहज अवस्थामा देखिएका थिए । किमको भनाइ छ–यहाँसम्म आइपुग्न सहज थिएन, अनेकौँ अप्ठ्याराहरू थिए तर यहाँसम्म आइपुग्न हामीले त्यसलाई जित्यौँ ।