रहेनन् कलाकार थापा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ ३०, २०७५

काठमाडौं– हास्य श्रृंखला तीतो सत्यमा अभिनय गरेर आम दर्शकमाझ स्थापित भएका वरिष्ठ कलाकार भीमबहादुर थापाको आज बुधवार बिहान निधन भएको छ । ९२ वर्षको उमेरमा थापाको बिहान करिव २ बजे निधन भएको बताइन्छ ।
थापाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिएको छ। अहिले बिहान बिहान १० बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।
कलाकारको रुपमा थापाले एक सय भन्दा धेरै नेपाली फिल्म तथा टेलि श्रृंखलाहरुमा अभिनय गरेका छन् ।
वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।