आजदेखि विश्वकप फुटबल

काठमाडौं– विश्व फुटबलको सबैभन्दा महत्वपूर्ण मेला फिफा विश्वकप २०१८ आज बिहीबारदेखि रुसको राजधानी मस्कोमा प्रारम्भ हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच पहिलो खेल हुनेछ ।
प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ । व्यक्तिगत रुपमा अब्बल खेलाडी भएकै कारण बेल्जियम, अर्जेन्टिना, पोर्चुगल र इंग्ल्यान्डको पनि सम्भावना रहेको छ ।
दावेदार सबै टोलीमा गोलरक्षकको भूमिका महत्त्वपूर्ण हुने गर्दछ । समूह चरणमा टोलीहरुलाई तुलनात्मक जित दर्ता गर्न सहज हुन्छ । दोस्रो चरण पार गरेपछि भने उत्कृष्ट बिचको लडाईमा गोलरक्षकको भूमिका देखिने गर्छ ।
स्पेनका गोलरक्षक डेबिड डे हेया पछिल्ला केहि सिजनदेखि उत्कृष्ट लयमा छन् । छनोटका क्रममा पनि उनले राष्ट्रिय टोलीबाट यादगार प्रदर्शन गरे । म्यानचेस्टर युनाइटेडलाई लगातार उत्कृष्ट नतिजा दिलाइरहेका गोलरक्षक डे हेयामै स्पेनी टोलीको आशा रहेको छ ।
फ्रान्सका गोलरक्षक ह्युगो लोरिस पनि क्लब फुटबलमा राम्रो सिजन बिताएर आएका छन् । फ्रान्सेली टोलीका कप्तान समेत रहेका लोरिसका लागि यो राष्ट्रिय टोलीबाट अन्तिम प्रतियोगिता हुन सक्छ । त्यसैले पनि उनले टोलीको प्रदर्शनमा थप महत्त्व बोकेका छन् ।जर्मनीका म्यानुएल नोएर सिजनको पछिल्लो भाग विश्राममै रहे । खुट्टाको चोटका कारण मैदान बाहिर रहेका उनले विश्वकपका अभ्यास खेलको प्रदर्शनसँगै खेलमा फर्किएको सिद्ध पारेका छन् । अब पुरानै लयलाई समातेर टोलीको नेतृत्व गर्नु उनलाई चुनौती हुनेछ ।
यसैबीच, सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । विश्वकप आयोजना गर्ने मरक्कोको प्रस्तावलाई पछि पार्दै तीन राष्ट्रले सहआयोजक बन्ने सौभाग्य प्राप्त गरेका हुन् । फिफामा भएको मतदानमा अमेरिका, क्यानडा र मेक्सिकोको पक्षमा १ सय ३४ राष्ट्रले मत जाहेर गरेका थिए । मरक्कको पक्षमा मात्रै ६५ राष्ट्र उभिए । सन् २०२६ को विश्वकप अहिलेसम्मकै बृहत हुने छ । फिफाले यसअघि नै विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाएर ४८ पुर्याउने र ३४ दिनसम्म चल्ने प्रतियोगितामा ८० खेल खेलाउने निर्णय गरिसकेको छ । २ सय ११ सदस्य राष्ट्र रहेको फिफाको रुसको राजधानी मस्कोमा भएको ६८ औं साधारणसभामा २ सयले मत हालेका थिए । यसअघि मेक्सिकोले सन् १९७० र ८६ मा गरी दुईपटक र अमेरिकाले १९९४ मा एकपटक विश्वकप आयोजना गरिसकेका छन् । क्यानडाले भने सन् २०१५ मा महिला विश्वकपको सफल आयोजना गरेको थियो ।

ठुलो संख्यामा सेफलाई आफ्नो पेशा बनाउदै यस क्षेत्रमा धेरै नाम, इज्जत र...

सिड्नीको एक एजकियरमा एक बृद्द माथि हातपात गरेको आरोपमा बिभिन्न चरणको सुनुवाई...

काठमाडौं – वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँदा दुई जनाको...

पोखरा, १० फागुन – सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि...

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले...

ठुलो संख्यामा सेफलाई आफ्नो पेशा बनाउदै यस क्षेत्रमा धेरै नाम, इज्जत र...

सिड्नीको एक एजकियरमा एक बृद्द माथि हातपात गरेको आरोपमा बिभिन्न चरणको सुनुवाई...

काठमाडौं – वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँदा दुई जनाको...

पोखरा, १० फागुन – सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि...

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले...