प्रधानमन्त्री ओली चीन जाने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, जेष्ठ ३१, २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली यही जुन १९ का दिनदेखि छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जानु हुने भएको छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्न लाग्नु भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका वरिष्ठ नेताहरुसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नुहुने पनि परराष्ट्रले जनाएको छ ।
चीनको ६ दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण र प्रान्तीय नेताहरुसँगको भेटवार्ता समेत गर्ने तालिका रहेको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल जुन २४ का दिन स्वदेश फर्कने कार्यक्र छ ।