उद्घाटन खेलमा रुसले साउदीलाई हरायो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार १, २०७५

काठमाडौं– हिजो रुसमा भव्य समारोहबीच प्रारम्भ भएको विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रुस तथा साउदी अरेबिया आमने–सामने भए । उक्त खेलमा रूसले साउदी अरेबियाको शून्य विरुद्ध पाँच गोलले जीत आफ्नो पक्षमा पार्‍यो ।
उद्घाटन समारोह र खेल हेर्न मस्कोस्थित लुज्निकी रंगशालामा हजारौं मानिस उपस्थित भएका थिए। २१ औं संस्करणको विश्वकप आयोजनाका लागि रुसले अर्बौं डलर लगानी गरेको छ ।
यसपटक साबिक विजेता जर्मनीले उपाधि कायम राख्ने आशा गरेको छ भने ब्रजिल छैठौं पटक उपाधि कब्जा गर्ने दाउमा हुनेछ ।
पछिल्लो समय विश्व् समुदायबाट एक्लिरहेको अनुभव गरिएको रुसका लागि विश्व्कपको आयोजना अन्तर्राष्ट्रिय ध्यान तान्ने मौकाको रुपमा पनि हेरिएको छ।
यसैबीच, आउँदो साता विश्वभरबाट पाँच लाख समर्थकहरु रुस पुग्ने अपेक्षा गरिएको छ। ठूला ठूला टेलिभिजन स्क्रीन राखिएका स्थलहरूमा पनि फुटबलप्रेमीहरूको ठूलो भीड देखिन्छ।