खस्कियो एसइईको नतिजा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, असार १०, २०७५

काठमाडौं– ग्रेडिङ प्रणालीअनुसार शनिवार सार्वजनिक भएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ‘ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन ।
सार्वजनिक भएको नतिजाअनुसार नियमिततर्फ १४ हजार २३४ विद्यार्थीले जिपिए ३।६५ देखि ४ ९ए प्लस०, ४६ हजार १३० विद्यार्थीले जिपिए ३।२५ देखि ३।६० ९ए०, ४९ हजार ३७ जना विद्यार्थीले जिपिए २।८५ देखि ३।२० ९बि प्लस०, ७० हजार ५१२ विद्यार्थीले जिपिए २।४५ देखि २।८० ९बि०, ६१ हजार ८७० विद्यार्थीले जिपिए २।०५ देखि २।४० ९सि प्लस०, १ लाख १ हजार ४३ विद्यार्थीले १।६५ देखि २।०० ९सि० ल्याउन सफल भएका छन् । यसैगरी ३५ हजार ५८४ विद्यार्थीले १।२५ देखि १।६० ९डि प्लस०, ५८ हजार ६८८ विद्यार्थीले ०।८५ देखि १।२० ९डि० ल्याएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । यसवर्ष ‘ई’ ग्रेड कसैले पनि ल्याएका छैनन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षाको नतिजा शनिवार राती पौनै आठ बजे सार्वजनिक गरेको हो ।
यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ र आंशिकतर्फ २५ हजार १३८ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारको नियमिततर्फ आठ हजार ९०६ र आंशिकतर्फ १० परीक्षार्थी सहभागी भएको कार्यालयले जानकारी दिएको छ ।
आंशिकतर्फ ‘ए प्लस’ कुनै पनि विद्यार्थीको आएन भने दुई विद्यार्थीले मात्रै जिपिए ३।२५ देखि ३।६० ९ए ग्रेड० ल्याएका छन् । आशिंकतर्फ १९ विद्यार्थीले जिपिए २।८५ देखि ३।२० ९बि प्लस०, १७७ विद्यार्थीले जिपिए २।४५ देखि २।८० ९बि०, ७०२ विद्यार्थीले जिपिए २।०५ देखि २।४० ९सि प्लस०, ५ हजार ८९५ विद्यार्थीले जिपिए १।६५ देखि २।०० ९सि०, ६ हजार ५२७ विद्यार्थीले जिपिए १।२५ देखि १।६० ९डि प्लस०, ३ हजार १०८ विद्यार्थीले जिपिए ०।८५ देखि १।२० ९डि ग्रेड० ल्याएका छन् ।