सरकारविरुद्ध नेविसंघको प्रदर्शन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार २५, २०७५

काठमाडौं– नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा सोमबार दिउँसो प्रदर्शन गर्दै सरकारको विरोध गरेको छ ।
सरकारले संविधान प्रदत्त अधिकार खोस्ने गरी निषेधाज्ञा लगाउने तयारी गरेको तथा चिकित्सा क्षेत्र सुधारका लागि आमरण अनसन बसेका डाक्टर गोविन्द केसीका मागहरू पुरा गर्न सरकार जिम्मेवार नभएकोप्रति नेविसंघ सडकमा उत्रिएको हो । सरकारले साउन १ देखि तोकिएका स्थानबाहेक अन्यत्र प्रदर्शनमा रोक लगाएको छ।