अष्ट्रेलियाबाटै गायक रमण रेग्मीले ल्याए ‘मेरो मनको …’ (भिडियो सहित)

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, साउन ५, २०७५

काठमाडौं– अष्ट्रेलियाका गायक रमण रेग्मी आफ्नो नयाँ गीत ‘मेरो मनको…’ को म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । संख्यात्मक भन्दा गुणात्मक रुपमा नेपाली गीत–संगीत सिर्जना गर्न रुचाउने गायक रेग्मीले यसपटक लोकप्रिय संगीत हरि लम्सालको संगीत निर्देशनमा नयाँ गीत गाएका हुन् । आफ्नै शब्द तथा स्वरको उक्त गीतमा गायक रेग्मी कर्णप्रिय सुनिएका छन् ।
अष्ट्रेलियाकै आकर्षक लोकेशनमा छायांकन भएको उक्त गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । स्थापित निर्देशक जीवन रसाइलीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा उषा तथा ताहिर हुसैनले अभिनय गरेका छन् । उषाको यो पहिलो भिडियो भने भने अन्तर्राष्ट्रिय मोडल ताहिरको पनि यो पहिलो नेपाली गीतको म्युजिक भिडियो हो । भिडियोमा उषा र ताहिरको जोडी सुहाएको देखिएको छ । बुढासुब्बा डिजिटलको आधिकारिक यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।

यस्तो छ ‘मेरो मनको…’ को म्युजिक भिडियो