एक रनले विजयी हुँदै नेपालले रच्यो इतिहास

नेदरल्याण्डस्सँगको शुक्रवार सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ रनले हराएको छ । यो सँगै दुई एक दिवसीय शृंखला १-१ को बराबरीमा टुंगिएको छ । नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै द्द सय १५ रन मात्र बनाउन सक्यो।
उसका लागि वेस्ली वारेसीले सर्वाधिक ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन नेदरल्याण्डस्लाई रोक्न नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ विकेट लिएका थिए । कप्तान पारस खड्का, सोमपाल कामी, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।
अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा कप्तान पारस खड्काले मात्र ४ रन दिएर एक विकेट लिएपछि नेपालको रोमाञ्चक जित सम्भव भएको हो। पारसले अन्तिम ओभरको अन्तिम बलमा फ्रेड क्लासेनलाई रनआउट गर्दै ऐतिहासिक जित दिलाएका हुन्। नेपालको यो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय जित हो।
यसअघि नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धसतकीय पारी खेलेपछि निर्धारित ५० ओभरको खेलमा ४८।५ ओभरमा अलआउट हुँदै २१६ रन बनाएको थियो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको पारी खेलेका थिए। नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै रन बनाएका कामीले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान पारस खड्काले पनि अर्धसतक पुरा गरे। पहिलो पटक एक दिवसीय अर्धसतक प्रहार गर्ने क्रममा खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे।
दीपेन्द्र सिंह ऐरी र सुवास खकुरेलले समान १९ रन बनाउँदा अनिल साह ४ र रोहित कुमार पौडेल ६ रनमा आउट भए। बसन्त रेग्मीलाई १ रनमा गुमाएको नेपालका लागि सन्दिप लामिछानेले ८ रन बनाएर आउट भए भने ललित भण्डारीले ४ रनमा अभिजित रहे । नेदरल्याण्डस्का लागि कालासेनले ३ तथा रिपोन र सिलारले २-२ विकेट लिए।

ठुलो संख्यामा सेफलाई आफ्नो पेशा बनाउदै यस क्षेत्रमा धेरै नाम, इज्जत र...

सिड्नीको एक एजकियरमा एक बृद्द माथि हातपात गरेको आरोपमा बिभिन्न चरणको सुनुवाई...

काठमाडौं – वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँदा दुई जनाको...

पोखरा, १० फागुन – सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि...

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले...