रक्ष गुरुङको शब्द संगीतमा रामभक्तको मनको ढोका

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन २१, २०७५

काठमाडौं– गायक रामभक्त जोजिजू आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । सोमबार साँझ इमेज च्यानलबाट प्रिमियर गरिएको ‘मनको ढोका….’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोलाई जोजिजूले आफ्नै आधिकारिक यूट्यूब च्यानल जोजिजू इन्टरटेन्मेन्टमा समेत अपलोड गरेका छन् । सोमबार साँझ नै यूट्युबमा अपलोड गरिएको आधुनिक शैलीको उक्त गीतमा रक्ष गुरुङका कर्णप्रिय शब्द तथा सुमधुर संगीत सुन्न सकिन्छ । गीतमा महाराज थापाको संगीत संयोजन छ ।
निकेश खड्काद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गायक जोजिजूले पहिलो पटक मोडलको रुपमा अभिनय समेत गरेका छन् । उनलाई लोकप्रिय अभिनेत्री वर्षा राउतले अभिनयमा साथ दिएकी छिन् । काठमाडौंको एउटा रिसोर्टका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा राजिव समरको कोरियोग्राफी छ । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिउको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

यस्तो छ मनको ढोकाको म्युजिक भिडियो