विप्लव माओवादीका प्रवक्ता प्रकाण्ड पक्राउ

विप्लवले गरे विरोध कार्यक्रमको घोषणा
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन २३, २०७५

काठमाडौं– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । जबर्जस्ती चन्दा उठाएको आरोपमा राजधानीबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिएका छन् ।
पार्टी स्रोतका अनुसार काठमाडौँ आउने क्रममा उनलाई मंगलबार साँझ ७ बजे नागढुंगाबाट पक्राउ गरिएको हो । त्यसअघि राती साढे ९ बजे कपनस्थित उनको घरमा छापा मारिएको थियो । यसअघि नागढुंगाबाट नै पार्टीका पोलिटब्युरो मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भिर पनि पक्राउ परेका थिए । त्यस्तै पोलिटब्युरो सदस्यहरु पदम राई र ओम प्रकाश पुन पनि पक्राउ परिसकेका छन् ।

यसैबीच, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना प्रवक्ता पक्रेको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । उसले पूर्वमन्त्रीसमेत रहेका पार्टीका स्थाथी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई प्रहरीले पक्रेपछि सरकारप्रति आक्रोसित बन्दका कडा कार्यक्रम सार्वजनिक गरेको हो । पार्टीले आफ्ना नेता पक्रेको केही घन्टाकै बीचमा एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले नेपाल बन्दसहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।