तनावग्रस्त भयो कञ्चनपुर

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ ७, २०७५

काठमाडौं– कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविनप्रति असन्तुष्टि जनाउँदै स्थानीयले गरिरहेको प्रदर्शनका क्रममा गोली चलेको छ ।
प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
गोली लागेर अर्जुन भण्डारी, तेज भट्ट, किरण पाण्डेय र सन्तोष कठरिया घाइते भएका छन् ।
बलात्कार र हत्यामा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरेको छ । तर, स्थानीयले वास्तविक हत्याराको बचाउ गर्दै प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको भन्दै आन्दोलन गरिरहेका छन् ।