ठमेलमा आगलागी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ २६, २०७५

काठमाडौं–आज मंगलबार बिहान ठमेलको ज्याठामा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी भएको छ । बिहार साढे चार बजे ग्यास बिस्फोट भएपछि आगलागी प्रारम्भ भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासी परिचालित छन् ।
शहरको भित्रि भागमा रहेको घरमा आगो लागेकाले दमकल जान नसकेपछि आगो नियन्त्रणमा समस्या भएको बताइएको छ । आगलागीको कारणबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।