एक सय वर्षमा राष्ट्रकवि

राष्ट्रपति भण्डारीको शुभकामना
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, अशोज ७, २०७५

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय वर्ष पुगेका छन् । राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मोत्सवको शुभकामना दिएकी छन् । आज विहान राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले उनलाई बधाई दिँदै उपहार प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन् । यसैवीच आज घिमिरे सय वर्ष पुगेको अवसरमा घिमिरे निवासमा विशेष पूजा अर्चना गरिएको छ ।
१९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवका अवसरमा आगामी १३ गते रथयात्रा हुँदैछ ।