संसद बैठक भोलिदेखि सकिने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, अशोज १०, २०७५

काठमाडौं– प्रतिनिधिसभा तथा राष्ट्रियसभा बैठक भोलि बिहिबार अर्थात सेप्टेम्बर २७ का दिनदेखि सकिने भएको छ । संसदिय दलका नेताहरुको समन्वयमा प्रतिनिधिसभा र राष्ट्रियसभा दोस्रो बैठक भोलि सकिने तयारी गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतितिधिसभा बैठक एवंम राष्ट्रियसभा बैठक गत अप्रिलमा प्रारम्भ भएको थियो । त्यसभन्दा अगाडी पहिलो बैठक भने मार्चमा सकिएको थियो । राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक शुरु र अन्त्य राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।