धादिङमा ग्यास बुलेट पल्टिँदा दुई जनाको मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, कार्तिक २५, २०७५

काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा आइतबार ग्यास बुलेट पल्टेर आगलागी भएको छ । बेनीघाटस्थित विशालटार मोडबाट ग्यास बुलेट त्रिशूली नदी किनारमा खस्दा २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ ।
सडकबाट करीब ५० मिटर तल खसेको सो ग्यास बुलेटमा आगलागी भईरहेको पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । उद्धार तथा आगलागी नियन्त्रणका लागि निलकण्ठ नगरपालिकाको दमकल तथा नेपाली सेना तथा प्रहरी टोली घटनास्थल पुगेका छन् ।