सकियो छठ

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, कार्तिक २८, २०७५

काठमाडौं– आज बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चार दिन लामो छठ पर्व समापन भएको छ । काठमाडौंसहित तराईका प्रमुख शहरहरुका नदीस्थित छठ घाटमा बुधबार बिहानैदेखि व्रतालुको भीड लागेको थियो ।
अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा, मिष्ठान्न, गेडागुडी, भुसवा, माटोको हात्ती, सुप, कनसुपतीलगायत सामग्री चढाउने गरिन्छ । ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उपजलाई कृतज्ञताको प्रतीक मानिन्छ। उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुको अर्थ सुख, दुःख, रोदन र हाँसोलाई समान र जीवनकै पाटोका रूपमा लिइनु मानिन्छ।