‘गजेन्द्र सर’लाई अष्ट्रेलियामा जुट्यो १५ सय डलर

-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, पुस ९, २०७५

सिड्नी–सुर्खेतको दुर्गम गमीस्थित ढोडनीमा रहेको जनसंयुक्त प्राविमा अध्यापनरत शिक्षक गजेन्द्र राना मगर (गजेन्द्र सर)लाई स्वतःफूर्त सञ्चालन गरेको सहयोग अभियानमा १५ सय डलर जुटेको छ । गुणस्तरीय शिक्षाको अभावमा सरकारले मर्जको तयारी गरिरहेको उक्त विद्यालयलाई शैक्षिकसँगै भौतिक प्रगतिमा महसुसयोग्य योगदान दिएको भन्दै अष्टे«लिया ‘वइ टिम’ (We Team Australia) ले स्वतस्फुर्त रुपमा सञ्चालन गरेको अभियानमा उक्त रकम संकलन भएको हो । युट्युब च्यानल मार्फत ‘हेर्ने कथा’ मा रानामगरका योगदानले विद्यालयको शैक्षिक मुहार फेरिएको देखाईएको छ ।

चर्चित टेलिभिजन कार्यक्रम साझा सवालकी सञ्चालिका विद्या चापाँगाइले सञ्चालन गर्ने उक्त कार्यक्रम हेरेपछि राना मगरलाई साथ दिनुपर्छ भन्ने उद्देश्यले सहयोग आब्हान गरिएको र स्वतस्फूर्त रुपमा रकम जुटेको अभियानकर्ता प्रकाश लामिछानेले जानकारी दिए । ‘यो रकम हामीले गजेन्द्र सरलाई पठाएर उहाँका योजनाहरु सफल बनाउन सहयोग गर्नेछौँ’, उनले भने ।उनका अनुसार, अभियान अझै केहि समय चल्नेछ । जनकल्याण प्राविमा गजेन्द्र राना मगरले अध्यापन सुरु गरेपछि विद्यालयमा विद्यार्थी सँख्या पनि बढ्दै गएको देखाईएको छ । नेपाल फुटबल संघ एन्फाका पहिलो व्याचे खेलाडी समेत रहेका राना मगरलाई पूर्व खेलाडी देखि पदाधिकारीले ८ लाख रुपैयाँ भन्दा बढी सहयोग गरिसकेका छन् । उनले विद्यालयलाई भौतिक सुविधासम्पन्न गर्ने योजना बनाएका छन् ।  सहयोग गर्न चाहानेले यसरी सहयोग गर्न सकिन्छः

Acc Name: WE TEAM Australia
BSB: 062 107
Acc No: 1088 8118
Commonwealth Bank