(फोटो स्रोत: फेसबुक )

(फोटो स्रोत: फेसबुक )

सिड्नी, अस्ट्रेलिया – हजुरआमाको हात समातेर सडक पेटीमा हिडिरहेका १६ महिने नेपाली बालक श्रेयन थापाको ७ अप्रिलमा उनको घर नजिकै पि-प्लेट ड्राइभरले ठक्कर दिदाँ घटना स्थल मै मृत्यु भएको छ ।  सिड्नीको अबर्नमा बसोबास गर्ने थापा परिवारमा परेको यो ठुलो बज्रपातको सिड्नीका सबै स्थानिय र राष्ट्रिय मिडियाहरुले सम्बन्धित निकायको ध्यानआकर्षण गराएका छन् ।

बिध्यार्थीको रुपमा रहेका बालकका बाबु-आमालाई भेट्न केहि महिना आगाडी मात्र हजुरआमा अस्ट्रेलिया आएकी थिइन् । अध्यायनको लागि समय मिलाई दिन नातीलाई लिएर बाहिर निस्केकी हजुर आमाको आँखा अगाडी यो घटना घट्न पुगेको थियो।  गाडीले सडक पेटीमा आएर बालकलाई ठक्कर दिएको हो या बालकले हजुर आमाको हात बाट फुत्केर सडकमा दौडिदा यो घटना घटेको हो अझै अनुसन्धान कै बिषय रहेको प्रहरीले बताएको छ ।
(फोटो स्रोत: टेलिग्राफ )

(फोटो स्रोत: टेलिग्राफ )

 

घटना घटे लगतै नातीलाई अंगाल्दै सहयोगको लागि चित्कार गरिरहेको हजुर आमाको काखबाट बच्चालाई लिएर नजिकैबाट गइ रहेकी नर्सिङ्ग बिध्यार्थीले प्राथमिक उपचारको र कृतिम स्वास प्रस्वासको प्रायस गरेकी थिइन तर उनका अनुसार त्यति बेलै बच्चाको नाडी र धडकन थिएन, भने केहि मिनेट भित्रै बालक बाबु आम भाबबिहल हुदै घटना स्थल आइपुगेका थिए । केहि समयमा आएको प्रहरी र मेडिकल टोलिले बच्चालाई वेस्टमिड चिल्ड्रेन होस्पिटल लागेको थिए जहाँ बच्चालाई मृत घोषित गरियो ।
श्रेयनको गत साल नेपालमा गएर गरेका पास्नीका तस्बिरहरु र केहि महिना अगाडी मानाईएको जन्म दिनका फोटोहरु फेसबुकबाट उदृत गर्दै बिभिन्न मिडियाहरुले प्रकाशित गरेका छन् ।  घटना प्रति दुख व्यक्त गर्दै गैर आबसीय नेपाली संघ अस्ट्रेलियाका अधक्ष्य सुरेन्द्र सिग्देलले थापा परिवारसँग आफुहरु सम्पर्कमा पुगी सकेको र एनआरएनए अस्ट्रेलियाले यस दुखद घडीमा समुदायको तर्फबाट हुने सबै सहयोग गर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

तीन दलबीच यस्तो सहमति

/बिहि, भदौ १, २०७४