काठमाडौं— मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय संघीयता कार्यान्वयन तथा पुन:संरचना निर्देशक समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको उक्त समितिमा उपप्रधान तथा रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडा छन् । सदस्य–सचिवमा मुख्य सचिव डा.सोमलाल सुवेदी रहेका छन् ।
यसका साथै मुख्य सचिव संयोजक रहेको नौ सदस्यीय संघीयता कार्यान्वयन तथा प्रशासन पुन:संरचना समन्वय समिति पनि गठन गरिएको छ । समितिमा अर्थ, गृह, रक्षा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सामान्य प्रशासन, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवहरु र प्रधानमन्त्री कार्यालयका सचिव छन् भने सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयका सहसचिव रहने छन् ।
मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रको पुन:निर्माणका लागि युरोपेली संले नेपाल सरकारलाई उपलब्ध गराउने करिव १२ अर्ब ५५ करोड रुपैयाँ वित्तीय सहायतामध्येबाट ६५ करोड रुपैयाँ प्राविधिक सहयोग स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री राईले जनाएका छन् ।
आजको बैठकले ‘अनलाइन समाचार सञ्चालन निर्देशिका–२०७२’ लाई सम्बन्धित समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ । अनलाइन सञ्चारमाध्यमहरुको दर्ता, नवीकरण, सञ्चालन, अनुगमन, प्रवद्र्धन र व्यवस्थित गर्न बनेको निर्देशिकालाई सम्बन्धित समितिमा पठाउने निर्णय भएको मन्त्री राईले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

तीन दलबीच यस्तो सहमति

/बिहि, भदौ १, २०७४