नेपाल आइसिसीको एकदिवसीय बरियतामा

काठमाडौँ- नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ ।
दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा जारी सिरिज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २–१ को जित निकालेपछि नेपाल आइसिसीको बरियतामा परेको हो ।
सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएइलाई चार विकेटले हराउँदै नेपालले नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो । युएइविरुद्धको सिरिज जितेपछि नेपालले बरियताको १५औँ स्थान हासिल गरेको छ । आइसिसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि ६ खेल खेलेको नेपालले १५२ अङ्क पाएको आइसिसीले जनाएको छ । युएई भने २६३ अङ्कका साथ १४औँ स्थानमा छ ।
बरियताको शीर्ष स्थानमा इङ्ग्ल्याण्ड, दोस्रोमा भारत र तेस्रोमा स्थानमा न्यूजील्याण्ड छन् । त्यस्तै दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौँ, अष्ट्रेलिया छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्क आठौँ, वेष्टइन्डिज नवौँ, अफगानिस्तान १०औँ, जिम्बावे ११औँ, आयरल्याण्ड १२औँ र स्कटल्याण्ड १३औँ स्थानमा छन् । नेपालले डेब्यू एकदिवसीय सिरिज भने नेदरल्याण्डसँग १–१ को बराबरी खेलेको थियो । नेपालले गत मार्चबाट चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

बितेका तिन दशक नेपालमा भएका बिबिध उतार चढावलाई निजीकबाट नियाल्दै, धेरै पटक धेरैको...

सिन्धुपाल्चोक – दोलखाको कालिञ्चाेकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ...

जनकपुरधाम- धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा गम्भीर घाइते भएका...

सिमकोट- दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको...

काठमाडौं- इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी...

पछिल्ला करिब छ हप्ता १३ औं साग आयोजनाका बिभिन्न पाटाहरु युट्युब मै...