अन्तर्राष्ट्रिय रंगशाला दुई वर्षभित्र निर्माण सम्पन्न हुने

काठमाडौं– धुर्मुस सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमको आयोजना गरी त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको चितवको भरतपुर महानगरपालिका १५ मा रहेको जग्गामा रंगशाला निर्माणको घोषणा गरिएको हो। यसका लागि धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ। रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उनले बताए। सो रङ्गशालालाई एकेडेमीका रूपमा विकास गरिने लक्ष्य राखिएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामकरण गरिएको रंगशालाको गुरुयोजना बन्न ६ महिना लाग्ने र आगामी अढाई वर्षभित्र निर्माण सम्पन्न भई महानगरलाई हस्तान्तरण गरिने छ। रंगशाला निर्माणको लागत ३ अर्ब लाग्ने अनुमान गरिएको छ।
फाउण्डेशनका अनुसार रंगशाला निर्माणका लागि स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइने छ। राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गरेको छ।
कलाकारिताबाट समाजसेवामा लागेका धुर्मुसको नेतृत्वको फाउण्डेशनले यसअघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रे, एकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोक, एकीकृत नमूना मुसहर बस्ती महोत्तरी र एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको छ।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब...

काठमाण्डौ- नेपालयले संचालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेबु्रवरी महिनादेखि शुरु...

काठमाडौँ, ५ फागुन (रासस) : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक...

खलङ्गा- न्यूपारा वल्र्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टर जुम्ला र...

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको...

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यू साउथ बेल्स राज्यका संयोजक...