अनामनगर र सुकेधारामा बिस्फोट, तीन जनाको मृत्यु, ५ घाइते

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६

काठमाडौं- राजधानीको अनामनगर र सुकेधारामा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा बिस्फोट हुँदा १ जना र सुकेधाराको ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार मृतककाे सनाखत हुन सकेकाे छैन् ।

अनामनगरमा १ जना र सुकेधारामा ४ जना घाइते भएकाे र उनीहरूकाे ओम अस्पतालमा उपचार भइरहेकाे प्रवक्ता पाेखरेलले बताए ।

अनामनगरमा घरको कोठाभित्र बिस्फोट भएको थियो। अहिले घटनास्थललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेकाे छ ।