गायक राज सिग्देलको ‘भगवान कसम’ सार्वजनिक (भिडियो)

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६

काठमाडौं- गायक राज सिग्देल आफ्नो नयाँ गीत भगवान कसमको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।  यसअघि उनको ‘उ जितेर गइ या हारे गइ’ गीत स्रोताले मन पराएका थिए ।

रोशनी खनालको शब्द रहेको गीतलाई गायक सिग्देल आफैंले संगीतबद्ध गरेका हुन् । गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई गायक सिग्देलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । म्युजिक भिडियोमा राज स्वयंले अभिनय गरेका छन् । उनलाई अभिनयमा रोशनीले साथ दिएकी छिन् ।

गीतको भिडियोलाई राजेश साहले निर्देशन गरेका हुन् भने छायाङ्कन हरि हुमागाईंले गरेका हुन् ।

गीतमा माया प्रेम र समर्पणको भाव समेटिएको छ । गीतको भिडियोले साङ्गीतिक प्रेम र त्यसको सफलताको कथा बोकेको छ ।

यस्तो छ भिडियो