घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार २, २०७६

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

जसअनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको गोइतले बताए ।