एनआरएनए अष्ट्रेलियाको निर्बाचन भोलि, सम्पूर्ण तयारी पुरा, शान्ति पूर्ण तरिकाले मतदानमा सहभागी हुन अनुरोध  

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६
दुइ-दुइ बर्षमा हुने एनआरएनए अष्ट्रेलियाको २०१९- २०२१ को नेतृत्व छनोटको निर्बाचन भोलि ६ जुलाईका दिन अष्ट्रेलिया भरि हुदैछ । निर्बाचनका लागि सम्पूर्ण तयारी पुरा भइ सकेकोले भोलि निर्धारित समयमा निर्बाचनमा भाग लिनका लागि निर्बाचन कमिटिका तर्फबाट मन केसीले सबै मतदाताहरु लाई अनुरोध गरेका छन् । केसीका अनुसार अनलाइन र अनसाइट गरि दुइ किसिमबाट यस पटक निर्बाचन हुदैछ ।  जस अनुसार सबै भन्दा  धेरै मतदाता संख्या रहेको एनएसडब्लुमा दुइवटा मतदान केन्द्र (सिड्नी र डब्बो ) तोकिएको छ भने अन्य रिजनल क्षेत्रमा रहेका मतदाताहरुलाई अनलाइन पद्दतिबाट निर्बाचनमा सहभागिता गराईनेछ।
सिड्नीको यस पटकको निर्बाचन केन्द्र 82 Brighton Av. Crydon Park तोकिएको छ भने निर्बाचन बिहान ८. ३० देखि साँझ ५ बजे सम्म चल्नेछ ।  निर्बाचनआयोगले निर्धारण गरेको र सबै मतदाताहरु लाई इमेलबाट समेत सुचित गरिएको निम्न अनुसार कुनै एक ग्रुप ( १ वा २ वा ३ ) आइडि कार्ड अनिबार्य रुपमा लिएर मतदान केन्द्रमा आउन पनि निर्बाचन आयोगले अनुरोध गरेको छ।
1) Australian passport or
2) Australian driving license or Aged proof card plus medicare or
3) Australian driving license or Aged proof card plus visa copy (if you are on some sort of eligible visas)
त्यो बाहेको यस पटक पहिलो पल्ट “नो मोबाइल फोन नो भोट” नीति लिइएको छ जस अनुसार आईडी चेक भइ सके पछाडी प्राप्त युजर नेम र पसवोर्ड लगेर कम्युटरमा लग-इन गरि सके पछाडी केहि सेकेन्ड कै अन्तरमा सदस्य हुदाँ उपलब्ध गराएको मोबाइलमा ४ डिजिट कोर्ड आउनेछ ।  उक्त कोर्ड इन्टर गरे पछाडी कम्युटरमा मत पत्र उपलब्ध हुनेछ जसमा  किल्क गरि मत हाल्नु पर्नेछ ।  क्लाउड बेसमा स्टोरेज भएको मतका डाटाबाट निर्बाचन सकिएको केहि समय पछाडी सबै प्रकृया पुरा गरि निर्बाचनको नतिजा प्रकाशित गरिनेछ।
डायस्पोरा कै सबै भन्दा ठुलो नेपाली संस्थाको यो निर्बाचनमा सहभागीहुन पनि सबै पंजीकृत सदस्यहरु लाई निर्बाचनमा सहभगी हुन सबै उम्मेदवारहरुले समेत अनुरोध गरेका छन्।
तल दिइएका पोस्ट कोडहरु मा अन लाईन भोटिंग उपलब्ध छन्

ONLINE VOTING

SN Regions Online voting
1 ACT 2611, 2914
2 QLD 4285, 4413, 4455, 4626, 4670, 4680, 4700, 4740, 4810, 4812, 4814, 4817
3 TAS 7117, 7248, 7249, 7250, 7253, 7320
4 NT ALL
5 WA 6107, 6230, 6280, 6285, 6442, 6510, 6511, 6530, 6714
6 VIC 3029, 3215, 3216, 3218, 3219, 3220, 3250, 3260, 3400, 3550, 3568, 3630, 3660, 3677, 3690, 3730, 3737, 3741, 3810, 3825, 3844, 3922, 3949

3208 – 3999

7 SA Sita Bhatta
8 NSW 2311 to 2312, 2328 to 2411, 2420 to 2490, 2536 to 2551, 2575 to 2594, 2618 to 2739, 2787 to 2898, 2250 to 2420, 2500, 2502