चुरे क्षेत्रमा पहिरो र बाढीको जोखिम

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन ८, २०७६

काठमाडौं— आज बुधवार चुरे पहाडका क्षेत्रका जनतालाई बाढी पहिरो जान सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू(भाग नजिकै रहेकोले आज नेपालमा मनसुनी वर्षा सक्रिय हुने र त्यसका कारण पूर्व, मध्य र पश्चिमका चुरे क्षेत्रमा पहिरो र खोलाहरु बढ्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाका अनुसार वर्षाका कारण आज हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने छ । अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले प्रदेश १, २, ३, ५ र गण्डकीको चुरे र पहाडबाट बहने साना खोलाहरुमा उच्च बहाव हुने भएकोले सचेत रहन आग्रह गरेको छ ।

केन्द्रका अनुसार झापा झापा, मोरङ, सुनसरी, पर्सा, बारा, चितवन, मकबानपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका खोला तथा नदीहरु बढ्न सक्छन् ।