हेल्प नेपालले २० औ बार्षिक उत्सब गाला डिनर सहित मनाउदै 

सिड्नी नेटवर्कको च्यारेटी डिनर १७ अगस्तमा  र मेलबर्नमा २४ अगस्तमा 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन १३, २०७६
हेल्प नेपाल नेटवर्क (HeNN) अष्ट्रेलियाले यहाँका दुइ भिन्न शहरमा हेल्प नेपाल नेटवर्कको २० औ बार्षिक उत्सब  भिन्न कार्यक्रम सहित मनाउदै छ । जस अनुसार १७ अगष्तमा सिड्नी र २४ अगस्तमा मेलबर्नमा कार्यक्रम रहेको छ।
सिड्नी नेटवर्कको आयोजनामा हुदै गरेको गाला डिनर सहित २० बर्षमा नेटवर्कले गरेका उपलब्धिहरु र दाताहरु ले यस समयमा देखाउनु भएको सदासयतालाई धन्यवाद दिन समेत आयोजना गरिएको कार्यक्रममा HeNN का बर्तमान अध्यक्ष अर्जुन सिंह बस्नेत र उपाध्यक्ष रबि कुमार महर्जन अष्ट्रेलिया आउदै हुनुहुन्छ। यसै गरि राज्य सरकारका मन्त्रिहरु, सांसदहरु समुदायका प्रतिनिधिहरु को उक्त उपलक्ष्यमा उपस्थिति हुने अपेक्षा गरिएको छ।
रक्डेल स्थिति इन्द्रेणी फंक्सन सेन्टरमा शनिबार १७ अगस्त साँझ ५. ३० बाट सुरु हुने उक्त गाला डिनरका लागि प्रवेश शुल्क ६० डलर तोकिएको छ भने उक्त कार्यक्रमबाट बचत सम्पूर्ण रकम यस नेटवर्कले निर्माण र संचालन गर्ने उदेश्य सहित अगाडी बढी रहेको धुलिखेल जिल्लाको इ-लाइब्रेरीको लागि खर्च गरिनेछ। कार्यक्रम उपस्थित भइ बिगतमा जस्तै सहयोग र एक्बद्द्ता जनाईदिनु हुन सम्पूर्ण महानुभाबहरु मा संयोजक हर्ष गौतमले हार्दिक अनुरोध गर्नु भएको छ । यस सम्बन्धि थप जानकारीका लागि गौतमलाई 0415537 971 मा सम्पर्क गर्न सकिनेछ ।
सिड्नीको कार्यक्रम पश्चात अगस्त २४ मा मेलबर्नको जेल्स पार्कमा दिउसो १२ बजे देखि बार्बक्यु कार्यक्रमको आयोजना गरिएको छ । आफुलाई पाएक पर्ने स्थानमा कार्यक्रममा सहभागी हुन पनि हेल्प नेपाल नेटवर्कले सबैलाई अनुरोध गरेको छ।