अष्ट्रेलियामा फेरि नेपथ्य  गुन्जने 

 सिड्नीको कार्यक्रम  डिसेम्बर १४  मा लुना पार्कमा हुदै 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन २०, २०७६
बितेका साढे दुइ दशक नेपालमा भएका बिबिध उतार चढावलाई निजीक बाट नियाल्दै, धेरै पटक धेरैको लागि गित संगतिको माध्यमबाट आशा भरोशा र शान्ति अनि शिक्षाको संदेश छर्दै गाउँ बेशीको भाकालाई शहर र प्रदेश सम्म जोडदै आएको नेपालको लोकप्रिय सांगीतिक समुह नेपथ्य अष्ट्रेलियाका नेपाली सम्म आएर फेरि आफ्नो सांगेतिक कोशेलीले सबैलाई जोडदै छ। 
 फरक खाले संगीतले देश विदेशमा उत्तित्कै माया बटुल्न सफल नेपथ्यले यस पटक सिड्नीको अति सुबिधा सम्पन्न र पर्यटकीय केन्द्रमा रहेको लुना पार्क स्थित बिग टप थिएटरमा डिसेम्बर १४ मा आफ्नो सांगेती प्रस्तुति दिदै छ।  यस भन्दा अगाडी सिड्नीमा चार सफल कार्यक्रमले दर्शकको  मन जिती सकेको नेपथ्यको सिड्नीमा यो पाँचौ प्रस्तुति हुनेछ।
सिड्नी बाहेक अष्ट्रेलियाका अन्य शहरहरु मा पनि नेपथ्यले आफ्नो सांगेतिक प्रतुती दिनेछ।  नेपथ्यलाई सिड्नी सम्म ल्याएर यो सांगेतिक जमघटको माहोल जुराउने श्रेय आयोजकको रुपमा नेपाली टच लाई जानेछ भने यति ठुलो कार्यक्रममा मुख्य प्रायोजक बनि नेपाली कला संस्कृतिलाई सधै एक कदम आगाडी बढेर सहयोग गर्ने एक्स्पर्ट एजुकेसन पनि धन्यबादको पात्र छ। नेपाली टचको तर्फबाट दिपेश पुनले  द नेपाली टाईम्स अष्ट्रेलियालाई दिएको जानकारी अनुसार यस पटक नेपथ्यले अष्ट्रेलियाको ८ भिन्न शहरहरु मा सांगेतिक प्रस्तुति दिनेछ जसको सुरुवात नोभेम्बर १९ मा ब्रिसबेनबाट सुरु हुदैछ भने अन्तिम कार्यक्रम मेलबर्नमा डिसेम्बर २३ मा टुंगिने छ। यो सांगेतिक टुरमा नेपथ्य का १० जना टिम मेम्बेरहरु अष्ट्रेलिया आउदै हुनुहुन्छ। यस पटक पहिलो पटक होबर्ट र क्यन्बरामा प्रस्तुति दिने कुरामा नेपथ्य समूह पनि खुशी रहेको जनाईएको छ।
सिड्नीमा १४ डिसेम्बरमा हुने बिग टप लुना पार्कको महत्वकांक्षी नेपथ्य लाईभ इन सिड्नीमा सिड्नीबासि अत्यधिक संगीतप्रेमी हरु को अभूत पुर्ब जमघटको अपेक्षा गरएको पनि पुन ले बताए।  जसको प्राबिधिक तयारीका लागि नेपाली टच टिम लागिसकेको छ। यो शोको लागि टिकट तिन चरणमा बिक्रि गरिनेछ जस अनुसार अर्ली बर्ड/फर्स्ट रिलिज सेकेन्ड रिलिज र फाइनल रिलिज रहेकोछ।  फर्स्ट रिलिजको टिकट दर फाइनल रिलिज को टिकट भन्दा कम्तिमा पनि ४० प्रतिशत सस्तो हुने र सोहि अनुसार टिकटको दर बढ्ने हुनाले पनि समय मै टिकट लिनको लागि अनुरोध गरिएको छ। ५ बर्ष मुनिका बाबुनानिहरु लाई शो मा नल्याउनु हुन अनुरोध गरिएको छ भने ५ देखि १३ बर्ष सम्मका लागि आफ्ना अभिभाबक संग सिटमा बस्न सक्नेछन र १३ बर्ष देखि माथिका आफ्नै तरिकाले बस्न वा उठ्न पाउनेछन।