नेपाली दुताबास अष्ट्रेलियाले मनायो संबिधान दिवस 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, अशोज ६, २०७६
क्यानबेरा स्थित नेपाली दूतावासले बिबिध कार्यक्रम सहित गत १८ सेप्टेम्बरको साँझ क्यानबेरा स्थित अल्बर्ट हलमा संविधान दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाएको छ । अष्ट्रेलियन परराष्ट्र मन्त्रालयको चिफ अफ प्रोटोकल केट लोगानको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल अष्ट्रेलियन पर्लिमेण्टरि फेरेण्ड्शिपका प्रमुख एबम लेबर पार्टीका संघीय सांसद पिटर खलिल, अन्य  राजनीतक दलहरु बाट संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरु, अष्ट्रेलियन परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु, अष्ट्रेलियन सरकारका बिभिन्न मन्त्रालयका प्रतिनिधिहरु, अष्ट्रेलियामा अबस्थित बिभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरुको बिशेष उपस्थिति थियो । यसै गरि नेपाल डे मानाउनका लागि अष्ट्रेलियामा रहेका बिभिन्न राज्यका नेपाली  महावाणिज्यदूतहरू चन्द्र योन्जन, दीपक धमला, एनआरएनका ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल, उपाध्यक्षहरु देव गुरुङ, चुडामणि सापकोटा, महासचिव डा. ज्ञानेन्द्र रेग्मी, नारी निकुन्जकी राष्ट्रिय संयोजक संन्ध्या शाह लगायतका एनआरएनएनए अग्रजहरु समुदायका सदस्यहरु को उपस्थिति  थियो ।
नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा नेपाली राजदूतावासकी Charge’ d’Affaires a.i. एबं कार्यवाहक राजदूत द्रुपदा सापकोटाले नेपाल डे को अवसरमा उपस्थिति सबै पाहुना एबम सहभागीहरु लाई धन्यवाद दिदै नेपालको संबिधानले राजनीतिक स्थायित्वका साथ देश समृद्द बनाउनका लागि बिबिध अबसरहरु समेत सिर्जना गरेको बताईन । नेपालको नयाँ संबिधानले कसैलाइ कुनै खालको भेदभब नगरेको, हामी सबैलाई एकताको सुत्रमा बाँधेको विचार व्यक्त गर्दै यसका लागि आफ्नो जीबन बलिदान गर्ने सबैमा उच्च सम्मान रहेको बताइन । लगानीमैत्री बन्दै गएको नेपालमा रहेका बिभिन्न क्षेत्रका लगानीका अवसरहरु, आउदै गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दै सापकोटाले बिगतका नेपालका अफ्ठ्याराहरु मा अष्ट्रेलियन सरकार र यहाँको जनताले गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरिन।  यसैगरि  नेपाल सरकारले परिकल्पना गरेको समृद्द नेपालको सपनालाई सकार पार्न सदैब डायस्पोराका नेपाली समुदायको बिशेष भूमिका रहने विचार व्यक्त गरिन।
नेपाली कला संस्कृति झल्कने बिबिध गित संगीत सहितको प्रस्तुति रहेको सो कार्यक्रममा अन्त्यमा नेपालका अष्ट्रेलियन मित्र बोबी बजारामले आफ्नो नाल का बिबिध अनुभबहरु सुनाउदै नेपालको सुन्दरता आफ्नै आँखाले महसुश गर्न एक पटक नेपाल पुग्नै पर्ने विचार राखेका थिए।
((फोटो – नेपाली दुताबास  क्यानबेराबाट प्राप्त )