एनआरसी अवार्ड एबं संस्कृतिक साँझ सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, अशोज ६, २०७६
अष्ट्रेलियाको नेपाली समुदायमा खेलको माध्यमले सबैलाई जोड्दै आइरहेको नेपलीज रिक्रियसन क्लब (एनआरसी) को आयोजनामा हालै सम्पन्न बिभिन्न खेलहरु मा बिजेता, उपबिजेताहरु को सम्मानमा आयोजित पुरष्कार वितरण एवम संस्कृतिक साँझ गत २१ सेप्टेम्बर साँझ सिड्नीको अबर्नमा सम्पन्न भएको छ । नेपाली राजदुतावासकी कार्यबाहक राजदुत दुरपदा सापकोटाको प्रमुख आतिथ्यमा र  एनएसडब्लु राज्यका मन्त्री जियोफ ली तथा लेबरका पार्टीका नेता जोडी मकाइको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न खेलहरु मा सहभागी खेलाडीहरु र परिवार, अष्ट्रेलियामा रहेका खेलप्रेमीहरु र समुदायका सदस्यहरु को उपस्थिति थियो ।
अवार्ड एबं संस्कृतिक साँझमा सिड्नीमा हालै सम्पन्न सिड्नी इन्टरनेसनल ब्याडम्यानटिन प्रतियोगितामा नेपालबाट सहभागिता जनाउन आउनु भएका खेलाडीहरु लाई सम्मान गर्दै एनआरसीको तर्फबाट नेपाली ब्याडम्यानटिन टोलीलाई एक हजार सातसय पचास डलरको सहयोग पनि हस्तान्तरण गरिएको थियो ।  यसै गरि एनआरसीको आयोजनामा भर्खरै सम्पन्न  टेनिस, ब्याडम्यानटिन, टेबल टेनिस, गल्फका बिभिन्न खेलहरुमा बिजेता हुनेलाई खेलाडीहरु लाई पुरुष्कार एबम पदक सहित सम्मान गरिएको थियो।
जस अन्तर्गत गल्फ तर्फ बिगनर्समा पल्पसा श्रेष्ठ बिजेता, बाबुराम पोख्रेल रनर अप, ग्रस तर्फ  शशांक कोइराला बिजेता, ब्याक नाइनमा प्रणब मैनाली बिजेता, स्टेबलफर्ड अन्तर्गत सुदीप बास्तोला बिजेता, रबिन भुजेल रनर अप, राम्बो थापा फर्स्ट रनर अप, यसरि नै नियरेस्ट टु पिन अन्तर्गत शसांक कोइराला बिजेता र लोंगेस्ट ड्राइभ अन्तर्गत दीपक खडका बिजयी बनेका थिए।
टेनिस प्रतियोगितामा बिगनर्स अन्तर्गत ज्योति पाण्डे बिजेता, आशिष श्रेष्ठ रनर अप र डम्बर श्रेष्ठ फस्ट रनर अप बनेका थिए । यसरि नै ओपन सिंगल तर्फ  सुमन न्यौपाने बिजेता, सन्तोष भट्टराई रनर अप र मृगेश तमाङ्ग फर्स्ट रनर अप बनेका थिए । ओपन डबल तर्फ इलिजह यु र एल्क्स जोर्जको जोडी बिजेता, बिष्णु हमाल र ज्योति राजभण्डारीको जोडी रनर अप र हेष रासिथा र आदित्य महराको जोडी फस्ट रनर अप बनेका थिए । ओभर ४० उमेर समुह मास्टर्स अन्तर्गत बिष्णु हमाल बिजेता, ज्योति राजभण्डारी रनर अप र टाम न्गुयन फस्ट रनर अप बने।
प्रतियोगिताको अर्को आकर्षण रहेको ब्याडम्यानटिन टुर्नामेन्टका खेलहरुमा ओपन मेन सिंगल तर्फ हिमाल कुँवर बिजेता, सन्दीप बुरा रनर अप र बुद्ध महर्जन फस्ट रनर अप बनेका थिए । ४५ बर्ष माथिका पुरुष सिंगल तर्फ रिक्की मियोन बिजेता, बिष्णु श्रेष्ठ रनर अप बनेका थिए ।  ४५ बर्ष माथिका पुरुष डबल तर्फ डा. सिताराम जोशी र संजय श्रेष्ठको जोडी बिजेता, डा. शमशेर सिंह थापा र प्रताप श्रेष्ठको जोडी रनर अप र दीपक डंगोल र रिक्की मियोनको जोडी फस्ट रनर अप बने ।  पुरुष खुल्ला डबल तर्फ सन्दिप बुरा र चेथान चन्द्रसेखरको जोडी बिजेता, हिमाल कुँवर र बुद्द महर्जनको जोडी रनर अप र राधे जोशी र सोजन गौचनको जोडी फर्स्ट रनर अप बने ।  यसरि नै मिक्स डबल तर्फ सन्दीप बुरा र सुजि जगदीसनको जोडी बिजेता, संजय श्रेष्ठ र मुना श्रेष्ठको जोडी रनर अप, सुबर्ण शर्मा र मीना शर्माको जोडी फर्स्ट रनर अप बनेका थिए।
प्रतियोगिताको अर्को खेल टेबल टेनिस टुर्नामेन्टमा खुल्ला ३५ बर्ष मुनि को उमेर समुहमा निहाल श्रेष्ठ बिजेता, पुकार राजभण्डारी रनर अप र सगुन लामिछाने फर्स्ट रनर अप भएका छन्।  यसरी नै महिला खुल्ला तर्फ अपेक्षा शाक्य बिजेता, आशका श्रेष्ठ रनर अप र संचिता दाहाल फर्स्ट रनर अप भएका छन् । यसै गरि ओपन मास्टर्स तर्फ जंग वन लि बिजेता, चेतमान गुरुङ रनर अप र प्रबिण महर्जन फर्स्ट रनर अप भएका छन् । यसै गरि पुरुष डबल तर्फ शिशिर लामा र पुकार राजभण्डारीको जोडी बिजेता, सगुन लामिछाने र अमित महर्जनको जोडी रनर अप र अभिषेक खड्का र सुरज श्रेष्ठको जोडी फर्स्ट रनर अप भएका छन्।
अवार्ड एबं संस्कृतिक साँझमा उपस्थित सबैलाई धन्यवाद दिदै एनआरसीका अध्यक्ष बिष्णु हमालले सबै खेलाडी सबैको अनुशासित सहभागिता र  प्रायोजकहरुको अमुल्य सहयोगको स्मरण गरेका थिए । खेलको मध्यमले स्वस्थ जीवन र अनुशासित दैनिकी कल्बको उदेश्य भएको र यसै संगै बिभिन्न नव-प्रतिभाहरु लाई पहिचान गर्न र उनीहरुको खेल बिकाशमा निरन्तरता दिन पनि क्लब सहयोगी बनेको बताए ।  यसै गरि कार्यबाहक राजदुत दुरपदा सापकोटाले प्रबासको व्यस्त दैनिकीमा खेलको माध्यम एनआरसीले समुदायमा गरेका कार्यको प्रशंशा गर्दै निरन्तरताको लागि शुभकामाना व्यक्त गरेकी थिइन् । कार्यक्रममा स्थानीय प्रतिभा र कल्बका सदस्यहरु बाट गायन, नृत्य लगाएत बिबिध संस्कृतिक प्रस्तुतिहरु दिएका थिए।