नेपाली टिमलाई सपोर्ट गर्न आ-आफ्नो गाडीमा नेपाली झन्डा फहराउन अनुरोध 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, अशोज ८, २०७६
नेपाल र अष्ट्रेलियाका बीच आगामी अक्टोबर १० का दिन क्यानबेराको जिआओ रंगशालामा हुदै गरेको बिश्व कप २०२२ को छनौट प्रतियोगिताको खेललाई सपोर्ट गर्न अष्ट्रेलियामा रहेका नेपालीहरु ले उत्सुकताका साथ कुरीरहेका छन् । क्यानबेरामा हुने उक्त खेलमा अष्ट्रेलिया भरि कै नेपालीहरु रंगशाला मै पुगेर खेल हेर्नका लागि टिकट लिइरहेको र नेपाली फ्यानलाई छुट्टाएको स्थानको लागि टिकट सोल्ड आउट भै सकेको समाचार आउदै गर्दा गाडीमा राख्न मिल्ने झन्डा सम्बन्धि अर्को समाचारले धेरैलाई झन् उत्सुक बनाएको छ ।  प्रतियोगिताको लागि क्यानबेरा सम्म ड्राइभ गरेर जादा आ-आफ्नो गाडीको झ्यालमा राख्ने मिल्ने र सोहि झण्डालाई खेल भरि हाते झन्डाको रुपमा प्रयोग गर्न सकिने उक्त बेशेष प्रकारको गाडीको झ्यालको माथि अड्याउन मिल्ने झन्डा आहिले सिड्नीमा रहेका ग्रोसरी पसलहरु मा धामाधम बिक्रि हुदैछन । प्रति झन्डा १० डलर मुल्य रहेको यस झन्डालाई अष्ट्रेलिया सम्म ल्याएर बिक्रि वितरणको ब्यबस्था अष्ट्रेलियाका दुइ युबा दिल तामांग र दिनेश भण्डारीले गरेका हुन्।
अष्ट्रेलियाको नेपाली समुदायमा प्रतिभाशाली गायकको रुपमा परिचय बनाएका दिल तामांगले अरु समुदायका मनिसहरु ले यस्ता झन्डा प्रयोग गरेर आफ्नो देश या टिमलाई सपोर्ट गरेको देखिदै आएको भए पनि नेपालीको लागि यो पहिलो भएको बताए। हाम्रो नेपाली टिमलाई सपोर्ट त छदै छ, यो झन्डाहरु गाडीमा राखेर हिड्दा धेरैको ध्यान खिचिने र नेपाल चिनाउन सहयोग हुने पनि बताए ।  नेपाल भ्रमण बर्ष २०२० को पुर्ब सन्ध्यामा हामीले हाम्रो यो बिश्व मै अलौकिक खालको झन्डाबाट देश चिनाउन खेलाडीको हौसला बढाउन मद्दत गर्न पनि तामांगले सबै नेपाली दाजु-भाइ दिदि-बहिनिहरु मा अनुरोध गरेका छन् । झन्डा सम्बन्धि थप जानकारीका लागि दिल तामाङलाई ०४०१ ५६४ ५६२ मा र दिनेश भण्डारीलाई  ०४३५ ९२९ ५८७ मा  संम्पर्क गर्न सकिनेछ  ।