पारस खड्काले गरे पदबाट राजीनामा दिने घोषणा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज २८, २०७६

काठमाडौं- नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालको निलम्बन फुकुवा गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् ।

‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छुु, पारसले एक विज्ञप्ती जारी गर्दै भनेका छन्- ‘नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहाना हो ।’ नेपालको निलम्बन फुकुवा गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।