बुधवार स्थगित मतदान आज हुँदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, अशोज ३०, २०७६

काठमाडौँ — भोटिङ मेसिनले काम नगरेपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान स्थगित भएको छ । मतदान स्थगित भएपछि मतदान स्थलमा नाराबाजी भएको छ ।

एक जना मतदाताले मतदान गरेपछि मेसिन बिग्रिएको निर्वाचन कमिटीका सदस्य कुलप्रसाद पाण्डेले बताए । भोटिङ मेसिन बनाएपछि बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया पुन:सुरु हुने उनले बताए ।

एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशनमा ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन कमिटीका सदस्य पाण्डेका अनुसार ४ उपाध्यक्षका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन् ।